सरकार अप्ठयारोमा पर्दै: गजुरेल


३ पुस २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले यो सरकार आफ्नै कारणले ढल्ने बताएका छन्। शुक्रबार २२ दलले गरेको एक कार्यक्रममा बोल्दै गजुरेलले वर्तमान सरकार आफ्नै कारणले ढल्ने बताएका हुन्। उनले क्रान्तिकारी शक्तिहरु एक हुन अन्य दलहरुसँग आग्रह गरेका छन् । नेपालको चुच्चे नक्सा पाउन क्रान्तिकारी माओवादीले आन्दोलन उठाएको हो ।एमसिसि पास भए देश नरहने उनले पुन जिकिर गरे । नेकपाका दुई अध्यक्ष बीचको दस्तावेजबाटै फरक मत भएर यो सरकार ढल्ने सम्भावना भएको गजुरेलले बताए । हिंसा,हत्या बलत्कार लगायत समस्यासँगै भष्ट्राचार यही सरकारको पालामा बढेको पनि उनले आरोप लगाए ।

उखु किसानको समस्या होस् वा अन्य वर्तमान सरकारको कार्य कालमा भएको छ । त्यसैले क्रान्तिकारी माओवादी मात्र राष्ट्रको समस्या हल गर्न सक्ने पार्टी भएको छ ।काँग्रेस पार्टी समेत सडकमा आइसकेका हुनाले अब यो सरकार नहटी सुखै छैन् गजुरेलले भनेका छन् ।नेकपा (क्रान्तिकारी माओवादी)का अर्का नेता तथा नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले चलाएको सो कार्यक्रममा सयौं मानव भीड उपस्थित थिए ।

यस्तो छ २२ दलबाट प्रतिनिधित्व गर्ने प्रमुख अतिथि सिपी गजुरेलको भाषण:

२२ दलकै तर्फबाट एक महिला नेतृ दुर्गा पौडेलले गरेको भाषणको एक क्लिक

कार्यक्रमका केही झलकहरु:




newskiran.com

newskiran.com

You May Also Like