पत्रकार धम्क्याउने विरुद्ध कार्वाही गर्न प्रहरी र नगरपालिकामा अनुरोध

३ पुस २०७७ काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा काठमाडौं खबर अन्लाईनका प्रधान सम्पादक केशव पाठक र सहसम्पादक आशिष गुरागाईलाई धम्क्याउने विरुद्ध नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै कानुनी कार्वाहीको लागि सरकार, प्रहरी र नगरपालिकालाई अनुरोध गरेको छ। पत्रकार द्वयले बूढानीलकण्ठ नगरपालिका वडा नं.१३ कौडोलमा डाँडा भास्ने र खोला मास्ने जस्ता अवैध कार्यको विरोध गर्दै काठमाडौं खबर अन्लाइनमा समाचार लेखेका थिए। प्रकृतिको दोहन गर्दै वातावरण विनाश पार्ने कार्यको विरुद्ध आवाज उठाउने सञ्चारकर्मीको आवाज कुनैपनि हालतमा बन्द हुने छैन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रकाशित सामग्रीप्रति चित्त नबुझे त्यस उपर वैधानिक बाटो रोज्ने विकल्प हुँदा हुँदै यसरी पत्रकारलाई धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखा खेद ब्यक्त गर्दै घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछ । यस्तो छ प्रेस विज्ञप्ति अंश

प. सं.१०५–७७–७८
च. नं…..
मिति: २०७७–०९–०१
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवं बुढानिलकण्ठ–११ कपनबाट सञ्चालित काठमाडौं खबर डटकम अनलाइन न्युज पोर्टलका अध्यक्ष आशिष गुरागाँइ र प्रधानसम्पादक केशवराज पाठकलाई प्रकाशित समाचारका बारेमा धम्की दिइएको प्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

बुढानिलकण्ठ नगरपालिकामा भैरहेका अबैध बालुवा उत्खननले वातावरणमा पारेको नकारात्मक प्रभावका विषयमा लगातार कलम चलाइरहेका पत्रकारद्धोय गुरागाँइ र पाठकलाई आज दिँउसो बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित कौडोलमा रहेको एक प्लटिङ नजिक वनमा दुइजना मुखुण्डो लगाएका मानिसले ‘यो प्लटिङ हाम्रो हो, तैँले ज्यान फाल्न निहु खोजिस् अब के के हुन्छ हेर्दा जा’ भनेर धम्की दिएको पत्रकार द्धोयले बताएका छन् । कालो रंगको २८२९ नम्बरकोे मोटर साइकलमा बाटो ढुकेर बसेका दुइजना व्यक्तिले यसरी पत्रकारलाई धम्कि दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखा गम्भिर आपत्ति प्रकट गर्दछ ।

प्रधानसम्पादक पाठकले नियमितरूपमा वन, वनपैदावार तथा वन्यजन्तुको संरक्षणका बारेमा लेख्दै आएका थिए । जुनसुकै सञ्चारमाध्यममा प्रकाशित समाचारका बारेमा चित्त नबुझेमा सर्वप्रथम सोही सञ्चारमाध्यममा, त्यहाँ चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा र त्यहाँ पनि चित्त नबुझेमा कानुनी प्रक्रिया अवलम्वन गरी अदालतमा जाने बाटो हुँदा हुँदै सञ्चारकर्मीहरुलाई बाटो ढुकेर धम्की दिने, आक्रमणको प्रयास गर्ने र मनोवैज्ञानिक तवरले हतोत्साही पार्ने घटना निन्दनीय छ ।

यस शाखा पत्रकारलाई स्वतन्त्र र निर्भय वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अवस्था निर्माण गर्न स्थानीय नगरपालिका, सरकार र प्रहरी प्रशासन सबैसंग हार्दिक आग्रह गर्दछ । समाजमा भएका विकृती– विसंगतीको उजागर गर्नु र त्यो विषयमा जनतालाई सुसुचित गर्नु आम पत्रकारको उत्तरदायित्व भित्र पर्ने कुरा रहेको अवगत गराउदै आगामी दिनमा पनि यस्ता घटना दोहोरिन दिनु भनेको स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा हुन जाने स्पष्ट पार्दछ ।

तसर्थ लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रकाशित सामग्रीप्रति चित्त नबुझे त्यस उपर वैधानिक बाटो रोज्ने विकल्प हुँदा हुँदै यसरी पत्रकारलाई धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखा खेद ब्यक्त गर्दै घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछ ।

शन्तराम विडारी
अध्यक्ष

newskiran.com

newskiran.com

You May Also Like