विकास निर्माण सम्बन्धी समाचारमा ध्यान दिन मन्त्रीको आग्रह


३ पुस २०७७ काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विरोध र निराशाजनक समाचारमा मात्र ध्यान केन्द्रित नगर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । रामेछापको लिखुतामाकोसी गाउँपालिका- ६ खिम्तीमा रहेको श्री तामाकोसी जनजागृति माध्यमिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले
विकास निर्माणसम्बन्धी समाचारमा ध्यान दिन पत्रकारहरूलाई आग्रह गरेका हुन् ।
उनले थपे,”पूर्वाधारहरूको विकास गाउँगाउँमा भएको छ । बिजुली, सडक प्रायः टोलटोलमा पुगेका छन् । स्कुलका भवन पनि बनेका छन् । पत्रकारहरूले खोइ लेखेको ?”
रामेछापको लिखुतामाकोसी गाउँपालिका- ६ खिम्तीमा रहेको श्री तामाकोसी जनजागृति माध्यमिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले भने, ‘यही खिम्तीमा पनि हरेक टोलटोलमा कच्ची भए पनि बाटो पुगेको छ । केही बाटो पिच हुने अवस्थामा छन् । भर्खर प्रदेश सरकारले स्कुललाई बस पनि उपलब्ध गराएको छ । केही किसानहरुले कृषि अनुदान समेत पाएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like