स्वरकाल्पनिक ‘कथा शिव पार्वतीको अन्त्य’

चारैतिर हरियाली थियो।अनि उसको मन पनि हरियाली।लाग्यो आजबाट साउन महिना सुरु भइरहेछ।साउनमा त कस्ताकस्ता मरुभूमि त रसिला हुन्छन्।त्यस्तै पहाड पनि त रसाउँछ।यसपाली उसले सोचेको थियो।उसको मन रसाउँछ।सधैँ बाबाको गाली पाउँथ्यो बिचराले पैसा नकमाएकोमा।त्यस्तै राम्रो घरबार नसम्हालेको आमाले गाली गर्थिन्।भाइबहिनीको त कुरै छाडौँ।उ बरबराउन थाल्यो।बिहे गरेकै हप्ता बिचराको लडेर झन्डै ढाड भाँचिएको थियो त अर्कोसाल सम्पूर्ण पढाई अपूरो भएथ्यो।अर्कोसाल टाइफाइड र क्रमश:जन्डिस् अनि पायल्सले यति कठिन पारेथ्यो कि।रोगीको पीडा वा दुखाइ स्वयम् उस्लाई थाहा हुन्छ।अरुले त कठै! भन्ने मात्र हो।महसूस उसैलाई थाहा हुन्छ।उ बिरामी पर्दा नहेर्ने श्रीमती बिचरा उ कति अभागी।जबरजस्त पनि त थिएन् बिहाबारी,उसैले रोजेको थियो।उनैले रोजेकी थिइन्।मारे हत्ते पाले पुन्य वाचा गरेर उसले लगनगाँठो कसेको थियो।उसैसँग जीवन जीउन उनले सम्पूर्ण चिज उसैलाई दिएकी थिइन्।बिडम्बना गाउँ डुल्ने कुकुर र तिउन चाख्दै हिँड्ने आइमाइले घरको रक्षा गर्नै सक्दैन् भनेझैँ बिहेगरेर एकछोरा र दुई छोरी पाउनासाथ गाउँछाडेर सहर पसी।सहरमा आफ्नै भाइ पर्नेसँग गाउँबाट जागिर खान हिँडेकी थिइन्।आइमाइले घरको संघार काटेर हिँडेपछि पुन:त्यस घर फर्कनु हुन्न भनिन्छ।एक वर्ष नपुग्दै माइतीको बेइज्जत हुन थाल्यो।फलानाकी छोरी बेश्या भइ।दिनभर भारी बोक्छे।रातभर मान्छे बोक्छे।मतलब मसाज सेन्टरमा काम गर्छे भनेर।छोराछोरीलाई आफ्नो आमा सबभन्दा प्यारो लाग्छ।नलागोस् पनि कसरी जन्मदिने उनै हुर्काइदिने उनै।आमाले चाहेमा घन्टाघन्टामा नयाँबाबा फेरिदिन सक्छे तर बाबाको हप्तामा एकदिन नयाँआमा ल्याएर देखाउने हैसियत छैन्।सायद होटलको खाना खाएपछि र मेडिकल/अस्पताल लाएपछि मान्छे बिग्रन्छन् भन्थे हो क्यार!साच्चैने अहिलेसम्म आमाले आफ्ना बच्चाहरु पाल्दै हुर्काउँदै दैनिक नयाँ बाबा फेर्न थालिन्।श्रावण १गते हरियो सारी पोते चुरामा सजिएकी तिनले सुट र टाइवाला महादेव लिएर कोठा छिरिन्।कामधन्दाको कुनै प्रवाह थिएन् त श्रीमानको पनि छेकबार थिएन्।हुन त नाँठो खेलाउने महिलाले आफ्नो लोग्नेलाई गन्दैनन् नै तैपनि नेपाली संस्कार बडो पेचिलो थियो।जब रात पर्यो।साँझका पाहुनाहरु देवता हुन्।अझ त्यो दिन महादेव र पार्वतीको मिलन हुँदै थियो।यता पार्वतीको श्रीमान गाउँबाट टुप्लुक्क मध्यरात कोठामा छिरे।निसन्देह:महादेव पार्वतीका जोडीहरु खाटमा बसेर फिलिम हेरिरहेका थिए।खाना खाइवरी सुतेका ती मस्ती जोडीहरुका सामु एक तस्बीर हल्लिरहेथ्यो।मस्त पेगमा रमाएका तिनका रातका बाधक पार्वतीको लोग्नेलाई उनकै नाँठोले झुन्ड्याएर मारेको थियो।उज्यालो नहुँदै बालबच्चा छाडेर तिनीहरु बोर्डर तर्फ भाग्दै थिए।एक्कासी दुईचारजना चोरहरु भन्सार छलेर सामान ओसारपसार गर्दै थिए। प्रहरीले नभाग्न संकेत गर्यो तर चोरसँगै दौडिएका ती महादेव पार्वतीको जोडीलाई प्रहरीले हानेको गोली लाग्यो।पार्वती एक गोलीमै ढलिन्।शिवको आधा टाउको फुट्यो ।अनि अहिले सम्म शिव अचेत अवस्थामा छ।त्यही अचेत शिवलाई पुज्दै होलिन् मृत्युशइयाबाट पार्वती।पार्वतीकी छोरी अहिले सहरकी नामुद बेश्या छ

newskiran.com

newskiran.com

You May Also Like