विप्लवका जनसरकार प्रमुख गजेन्द्र पुनको मृत्यु

३० मङ्सिर २०७७ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुखकाे गजेन्द्र पुनको मृत्यु भएकाे छ ।

प्रहरीले पक्राउ गरेर पुर्पक्षका लागि कारागार बस्दै आएका ५८ वर्षीय जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’को साेमबार मृत्यु भएकाे हाे । उनकाे समयमा उपचार नपाउँदा मृत्यु भएको पारिवारिक श्रोतबाट मा आएको छ ।

काराकारमा पटकपटक बिरामी हुने गरेका उनि साेमबार एक्कासी बेहाेस् भएपछि पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएकाे थियाे ।

समयमै अस्पतालमा लगेर टाउकाको अप्रेशन गर्न सकिएको भए उनलाइ बचाउन सकिने उस्पताल श्राेतलाइ उद्दित गर्दै उनका भाइ यमबहादुर पुनले बताए । थुनुवामा रहेका बन्दीको प्रशासनको बेवास्ताका कारण उपचार नपाएर मृ त्यु हुन पुगेको परिवारजनकाे आराेप छ ।यो समाचार लेकाली अनलाइन खबर मङ्सिर २९ मा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like