नेपाली कांग्रेस राजाको पक्षमा छैन्: देउवा


३० मङ्सिर २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस राजाको पक्षमा नरहेको बताएका छन् । नेपाली कांग्रेसले गरेको देशव्यापी विरोधको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने नेपाली कांग्रेस राजाको पक्षमा छैन् । देउवाले प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसङ्ग पनि निकालेका छन् । देउवाले राजा फर्केर आउने भ्रम नराख्न सबै सँग आग्रह गरे । सरकारविरूद्ध मकवानपुरमा सोमबार भएको प्रदर्शनमा सभापति देउवाले भने, ‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो ?’ आफूले प्रजातन्त्रका लागि लड्दा चाहिँ राजाले थुनेर राखे -देउवाले भने।

‘राजाले त्यसबेला थुने। जेलमा मलाई राखे। अहिले राजा आऊ, देश बचाऊ भन्नेहरु,’ ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहन्न। त्यसैले राजा आउने भ्रम नराख्नू।’

देउवाले सडकमा राजाबारे प्रदर्शन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै जिम्मेवार रहेको पनि आरोप लगाएका छन्। ‘कम्युनिष्ट सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्।

यसमा ओली सरकार जिम्मेवार छ,’ उनले थपे, ‘कांग्रेस राजाका पक्षमा छैन।’ उनले वर्तमान संविधान र व्यवस्था नै उपर्युक्त भएको बताएका छन्। ‘संविधान कार्यान्वयन गर्ने र यही व्यवस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने हो,’ देउवाले भने ।

newskiran.com

newskiran.com

You May Also Like