राष्ट्रिय कवि महोत्सव-२०७७ को विजेतामा भैरवी भूगोल


२९ मङ्सिर २०७७ काठमाडौं । राष्ट्रिय कविता महोत्सव-२०७७ मा कवि भैरवी भूगोल विजेता बनेकी छिन् । विभिन्न ठाउँबाट आएका प्रतिस्पर्धी कविहरुलाई उछिन्दै ‘नेपालको गीत’ शीर्षक कविता मार्फत भूगोल प्रथम विजेता बनेकी हुन् । निर्णायक मण्डलमा कविहरू स्नेह सायमी र प्रभा भट्टराई रहेका थिए ।

विजेता कविहरूले क्रमश: ५० हजार रुपैयाँ, ३० हजार र २० हजार रुपैयाँ, पदक र सम्मानपत्र राष्ट्रपतिको हातबाट पाउनेछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिक उत्सव कार्यक्रममा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्ने कविहरुका नामावली छनोट भएको थियो । ‘सङ्कल्प शीर्षक’को कविता मार्फत द्वितीय स्थानमा लमजुङका कवि प्रज्वल अधिकारी, तृतीय स्थानमा क्रमश:’आमाको आदेश’ शीर्षक कविता मार्फत सोलुखुम्बुका कवि गणेश प्रसाद खतिवडा,’आमा एक विद्यालय’ कविता शीर्षक मार्फत दोलखाकी कवि देवकी अभिलाषी र ‘समृद्ध नेपालको सपना’ मार्फत तेह्रथुमकी कवि रेजिना आपगाई छनोटमा परेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिक उत्सव कार्यक्रम सोमबार भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत प्रसाद उपाध्यायद्वारा उल्लेखित सूचनामा पनि जनाइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like