प्रभुलाइफ इन्स्योरेन्सले गर्यो कोभिड कीट वितरण


-सागर श्रेष्ठ
२९ मङ्सिर २०७७ काठमाडौ। प्रभु लाइफ इन्स्योरेन्स लि. ले आफ्नो चौथो वर्षको वार्षिकोत्सवको अवसरमा कोभिड कीट वितरण गरेको छ । प्रभु लाइफ इन्स्योरेन्स लि वाग्मती प्रदेशको आयोजनामा शाखा कार्यालय गोंगबुले काठमाडौं महानगरपालिका अन्तर्गत बालाजु चोकदेखि महाराजगन्ज चोकसम्म डिउटिमा खटिएका ट्राफिक प्रहरी, फुट्पाथका व्यापारी , नाङ्लो पसलेहरु, सडकमा जुत्ता पालिस गरेर आय आर्जन गर्ने ब्यक्तिहरु लगायत विभिन्न न्यून आय भएका मजदुर र ज्यालादारी गर्ने मजदुर हरुलाइ कोभिड कीट बितरण गरेको हो ।

कार्यक्रममा गोंगबु शाखाका शाखा प्रमुख खेमराज खनालले विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेकोले अग्र पङ्तिमा खटिएर काम गर्ने ट्राफिक प्रहरी , सडकको छेउछाउमा न्यून आयमुलक ब्यापार गरी गुजारा गर्नेहरुलाई कोभिड १९ को जोखिम बढी हुने भएकोले त्यस्ता ब्यक्तिहरुलाई सङ्क्रमणको जोखिम कम गर्न कम्पनीले आफ्नो वार्षिकोत्सबको अवसरमा कोभिड कीट वितरण गरेको बताए ।
कार्यक्रममा गोंगबु शाखाका शाखा प्रमुक खेमराज खनाल , सिनियर एजेन्सी मेनेजर MDRT हरु दीपक बास्तोला, नवीन शेरचन, सिनियर एजेन्सी मेनेजर जीवन भट्चन, शिव भट्टचन ,ईश्वर तिवारी, सुदन तिवारी ,मोहन जी. सी, दामोदर देवकोटा अभिकर्ता लील ब. थापा र विभिन्न संचारकर्मीहरु उपस्थिति रहेका थिए ।

newskiran.com

newskiran.com

You May Also Like