गलबन्दी च्यातियो गायक प्रकाश सपूतलाई आदर्श सम्मान


२९ मङ्सिर २०७७ काठमाडौं । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ चर्चित गायक एवम प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा सपूतलाई सम्मान प्रदानको घोषणा गरिएको हो ।गलबन्दी च्यातियोका गायक सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताइन ।

गायक सपुतले ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत चर्चामा छन् । सपूत चलचित्र प्रदेशी–२ मा नायकको भूमिकामा देखिँदै छन् । अहिले सो चलचित्रको छायाङ्कन चलिरहेको छ । उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताए ।

‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो । रासस

newskiran.com

newskiran.com

You May Also Like