ग्वार्को पेट्रोल पम्पमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकि


२८ मङ्सिर २०७७ काठमाडौं । ग्वार्को चोकमा रहेको एक पेट्रोल पम्पमा विद्युत सर्ट भएर एक्कासी लागेको आगलागी नियन्त्रणमा आएको छ । हाम्रा न्युजकिरण संवाददाताका अनुसार साँझ ६:३० बजेतिर एक्कासी ग्वार्को चोकमा रहेको उज्वल पेट्रोल पम्पमा आगलागी भएको थियो । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । पम्प नजिकै रहेको घरको दोस्रोतलातिर आगोको राँगो पुगेपछि एम्बुलेन्सको सहायताले आगलागी नियन्त्रणमा ल्याइएको हो । पम्प नजिकै घर भएका सविन महर्जनले भने खास क्षति हुन पाएन प्रहरीले साँढे सातबजेतिर आगो नियन्त्रणमा ल्याइ सकेको छ ।
थप विवरण आउन बाँकि छ:-

newskiran.com

newskiran.com

You May Also Like