४लाख ठगी फरार तात्कालीन माके नेता काठमाडौँबाट पक्राउ

१ श्रावण २०७५-बैदेशिक रोजगारीमा पठाइ दिन्छु भन्दै ४ लाख कुम्ल्याएर फरार भएका रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई प्रहरीले पक्राउ गरेको छ । असार समान्त सकिनै लाग्दा काठमाडौँ पुगेका साउदलाई महानगरिय प्रहरी प्रभाग काँडाघारीले पक्राउ गरेको छ ।उनले वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै चार जनाबाट चार लाख रुपैयाँ ठगि गरेकाले प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष साउदले मकाउ पठाइदिने भन्दै तीन वर्ष पहिले चारजना युवाबाट एक–एक लाखका दरले चार लाख रुपैयाँ ठगि गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी थिएका थिए । पीडित पूर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एकएक लाख रुपैयाँ र पासपोर्ट लगेका थिए ।बैदेशिक रोजगारमा पठाउन नसके आफूले पैसा फिर्ता गर्ने वाचागरेका साउद पटकपटकको प्रयास पछि उनले ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरेका थिए। तर बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि पीडितहरुबाट प्रहरीमा उजुरी दिइएको थियो। ठगि गरेको रुपैयाँ दिनुको साटो उल्टै प्रहरी लगाएर थुनाउने धम्की दिने थालेपछि आफूहरुले उजुरी दिन बाध्य भएको पीडितहरु बताउँछन् । स्थानीय चुनावको केही समयअघि मात्रै पीडित अछाम पुगेर साउदलाई धनगढी ल्याएका थिए । त्यतिबेला साउदले चुनाव सकिएलगत्तै सबै रुपैयाँ फिर्ता दिने वाचा गरेका थिए । आफूहरुलाई विभिन्न प्रलोभन देखाएर रुपैयाँ लगेको तर विदेश नपठाएको पीडितहरुले बताए । जिल्ला प्रसासनबाट पक्राउ गरि दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमती नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको प्रहरीले बताएको छ । स्थानीय चुनावमा साउदले तत्कालिन माओवादी केन्द्रबाट चुनाव जितेका थिए । जनयुद्ध लडेका नेताले युवाहरुलाई विदेश पठाउने भन्दै ठगि गरेको सुनेपछि रामारोशनका स्थानीयले लाजले भुतुक्कै भएका छन् । ‘राम्रो भनेर भोट हालेको तर ठग परेछ’ रामारोशनका स्थानीय बासिन्दाको आरोप उनलाई छ ।

newskiran.com

newskiran.com

You May Also Like