साउदीमा महिलाले परपुरुषसँग भेट गर्न निषेध

१श्रावण २०७५- साउदीमा महिलालाई सार्वजनिक स्थानमा आफ्नो परिवार बाहेकको पुरुषसँग भेट गर्न निषेध छ । मदिरा, पहिरन तथा महिलाका विषयमा निकै सख्त कानून रहेको साउदी अरबमा सार्वजनिक समारोहमा महिलाको उपस्थितिका विषयमा पछिल्लो समय केही लचकता अपनाउने प्रयास गरिएको छ । युवराज मोहम्मद बिन सलमानले गत वर्ष सुरु गरेको भिजन २०३० अन्तर्गत सुरु गरिएको सुधारमा सांस्कृतिक तथा मनोरञ्जनात्मक खर्चलाई बढाएर वार्षिक ६ प्रतिशतमा पूराइएको छ । महिलाहरुलाई पहिलोपटक फुटबल म्याच तथा कन्सर्ट हेर्न छुट दिइएको छ । गत डिसेम्बरमा पहिलोपटक साउदी अरबमा लेबनानी गायिका हिबा तावाजीको कन्सर्टको आयोजना गरिएको थियो । त्यो नै साउदीमा आयोजित पहिलो आधिकारिक महिला कन्सर्ट हो । एजेन्सीबाट

newskiran.com

newskiran.com

You May Also Like