वैद्य माओवादीले पुष ३ गते मानव सागर उतार्ने


२५ मङ्सिर २०७७ काठमाडौं ।मूख्य दल नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल र मोर्चा संगठनहरुका कार्यगत एकताले राष्ट्रियता, जनजीविका लगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका गर्दै नयाँ बानेश्वरमा २ बजे कोण सभाको आयोजना गर्ने कार्यक्रमको प्रेस वक्तव्य सहित प्रतिबद्धता व्यक्त गरेका हुन् ।

२२ राजनीतिक संगठनको कार्यगत एकताको आह्वान !

देश यतिखेर संगीन अवस्थाबाट गुज्रिरहेको छ । विगतमा हाम्रो कार्यगत एकताले उठाएका राष्ट्रियता, जनजीविका लगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै आएको कुरा सर्वविदितै छ । त्यसलाई निरन्तरता दिँदै पछिल्लो चरणमा थप देखा परेका प्रतिगमनको खतरा समेतको विरोधमा आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथ नयाँ बानेश्वरमा २ बजे कोण सभाको आयोजना गर्ने भएको छ । कार्यक्रममा सहभागी हुन सम्पूर्ण जनसमुदायसँग अग्रणी आह्वान पनि भएको छ ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरु

१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा,नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. नेकपा (माओवादी) र २२.समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।

सी.पी. गजुरेल
(२२ राजनीतिक सङ्गठनहरुको तर्फबाट)

मिति : २०७७ मङ्सिर२५ गते
यस्ता छन् युवाहरुद्वारा गरिएको जुलुस र प्रतिबद्धता मन्तव्य:-

newskiran.com

newskiran.com

You May Also Like