क्रान्तिकारी माओवादीले गर्यो काठमाडौंमा विशाल सभा


२५ मङ्सिर २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमल्सिनाले उत्पीडित मजदुरहरुको पक्षमा आफ्नो संगठनको भूमिका सदा रहने बताएका छन्। विहिबार एक कार्यक्रममा बोल्दै उनले सरकारले मजदुरहरुको समस्या समाधानमा ध्यान नदिएकाले आफ्नोे संगठनको भूमिका सदा रहने बताएका हुन्। कार्यक्रममा प्राध्यापक डा.जगदीश चन्द्र भन्डारीले सरकारको कमजोरी बारेमा आफ्नो संगठनको धारणा राखेका थिए । सत्तामा पुगेपछि आफ्नो हैसियत बिर्सन खोज्ने सहयोद्धाका भूमिका बारे भन्डारीले बोलिरहँदा दर्शकले करोडको हुटिङ र ताली घन्काएका थिए ।

राष्ट्रियता जनतन्त्र र जनताको जनजीविकाबारे देशव्यापी रुपमा नेकपा (क्रान्तिकारी माओवादी)ले आवाज उठाउँदै आएको छ । विहिबार रत्नपार्कमा पार्टीले कार्यक्रम गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस्:-
नेकपा (क्रान्तिकारी माओवादी)का ३ नं प्रदेश इन्चार्ज दिनेश शर्मा (सागर) ले क्रान्तिकारी माओवादी आगोको झिल्को हो भनेका छन् । सिपी गजुरेल,पवनमान श्रेष्ठ,डा.द्वय जगदीश चन्द्र भन्डारी र ओम गुरुङ सहभागी आसन लहरकै किनाराबाट सागरले सरकारलाई आफ्नो पार्टी आगोको झिल्को भएको बताएका हुन्।

newskiran.com

newskiran.com

You May Also Like