गोदावरी नगरपालिकाका २ शिक्षकमा कोरोना, विद्यालय बन्द


२५ मङ्सिर २०७७ काठमाडौं । महालक्ष्मी नगरपालिकाले मङ्सिर १५ गतेदेखि विद्यालय लगाउने निर्णय गरेसँगै २० गतेपछि संचालनमा आएका गोदावरी नगरपालिका अन्तर्गत विद्यालयका शिक्षकमा कोरोना पोजेटिभ देखिएको छ । गोदावरी नगरपालिका अन्तर्गत झरुवाराशीमा रहेको नव ज्योति स्कुलको २ जना शिक्षकमा हालै कोरोना संक्रमण देखिएको हो ।गत चैत ११ बाट लकडाउन सुरु भए यता बन्द रहेका ललितपुर जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालय पुन: मङ्सिर १५ गतेदेखि संचालनमा आएका थिए । गोदावरी नगरपालिका भने मङ्सिर २० गतेपछि सामुदायिक र सार्वजनिक विद्यालय लगाउने निर्णय सरकारले गरेको थियो । फाट्टफुट्ट विद्यालय हरुमा शैक्षिक सत्रको प्रारम्भ देखि नै अनलाइन सिकाइलाई वैकल्पिक शिक्षणको माध्यम बनाएर पठनपाठन गरिंदै आएपनि अधिकांश विद्यालयमा भदौबाट मात्र पठनपाठन सुरु गरिएको थियो । नेपाल सरकारद्वारा स्थानीय सरकारको रोहवरमा अवस्था हेरी विद्यालय लगाउन पाउने व्यवस्था हालै गरेपछि विद्यालयहरू भटाभट लगाउन सुरु गरिएको थियो । विद्यालय लगाउने सरकारको निर्णयप्रति सकारात्मक रहेका विद्यालयका प्रधानाध्यापकहरु यतिखेर अन्योलमा परेका छन् ।अन्योलमा पर्ने प्रधानाध्यापक मध्ये ललितपुर जिल्लाको गोदावरी नगरपालिका अवस्थित झरुवाराशीमा रहेको नव ज्योती विद्यालयका प्रधानाध्यापक हरिहर लामिछाने हुन्। उनले विद्यालय लगाएको ३ दिनमै बन्द गर्नु परेको छ । घटनामा संलग्न रहेका सबैको पिसिआर जाँच गर्न र उनीहरूलाई लाग्ने खर्च समन्वय गर्न वा व्यहोर्न अब उनलाई कठिन पर्ने देखिन्छ । घट्ना हालै भएको गोदावरी नगरपालिका अन्तर्गत झरुवाराशीमा रहेको नव ज्योति स्कुलको हो । २ जना शिक्षकमा कोरोना भाइरस देखिएपछि २५ देखि २७ गते सम्मका लागि स्कुल बन्द गरिएको प्रधानाध्यापक हरिहर लामिछानेद्वारा जारी सूचनामा उल्लेख छ ।

newskiran.com

newskiran.com

You May Also Like