महालक्ष्मी नगरपालिकाको सडक कालोपत्र हुने


२३ मङ्सिर २०७७ काठमाडौं । कोरोना भाइरस महामारीका कारण कालोपत्र हुनबाँकि महालक्ष्मी नगरपालिका अन्तर्गत कृष्ण मन्दिर लुभुको सडक पुन:कालोपत्र हुने थालेको छ । कृष्ण मन्दिर बाट लुभु सानो चौतारा सम्म यहिँ मङ्सिर भित्र कालो पत्र गरिसक्नु पर्ने भएकाले हतार हतार कालोपत्र हुन थालेको हो । कोरोना महामारीका कारण गत वर्ष नै कालोपत्र हुनुपर्ने यो सडक अझै केहि समय लाग्ने एक स्थानीयले बताए । अघिल्लो वर्ष सोही बाटो भएर एक विद्यालयको कार्यक्रममा जाँदा नेकपाका अध्यक्ष प्रचण्डले तुरुन्त कालोपत्र गरिने गरी सरकारले बजेट दिने भनेको उनले बताए । तर,नेताको बोलीको भर नहुने रहेछ उनले न्युजकिरण अनलाइनसँगको कुराकानीमा भने ।
सडक समयमा कालोपत्र नहुँदा सवारी साधन र यात्रुलाई भने यात्रामा असहज भएको जनगुनासो बढ्न थालेको छ ।

newskiran.com

newskiran.com

You May Also Like