१ वर्ष देखि श्रमिकको रोजगार गुमेपछि पर्यटन बोर्डमा २४ गते तालाबन्दी हुने

२३ मङ्सिर २०७७ काठमाडौं । बिश्वब्यापी रूपमा फैलिएको कोभिड १९ को कारण पर्यटन क्षेत्र लामो समय देखि ठप्प छ। यो परिस्थिति आए संङ्गै साहसिक पर्यटन क्षेत्रका श्रमिकहरु एक बर्ष देखि रोजगार बिहिन बनेका छन् । यो रोजगार बिहिनताको समस्यालाई समाधान गर्न नेपाल पर्यटन बोर्डले साहसिक पर्यटन श्रमिकहरुलाइ लक्षित गरि गएको श्रावण २९ गते विभिन्न ३ वटा स्थानीय तह संङ्ग सहकार्य गर्ने गरि परिपत्र गरेको थियो। उक्त परिपत्र अनुसार पर्यटन क्षेत्रका क्रियासिल ट्रेड युनियनहरुले यो व्यवस्था पर्यटन श्रमिक मैत्री नभएको प्रति असहमति जनाउदै २०७७ भाद्र १ गते नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

त्यस पश्चात स्थगित भएको उक्त कार्यक्रम नेपाल पर्यटन बोर्डले स्थान परिवर्तन गरि पोखरा महानगरपालिकाको कास्कीकोटमा पदमार्ग मर्मत तथा सरसफाई कार्यक्रमको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिकहरुलाइ प्राथमिकतामा राखिएको छैन भने अर्को तर्फ सरकार, रोजगारदाता र ट्रेड युनियनहरुको बिचमा सामुहिक सौदाबाजीबाट तय भएको न्युनतम पारिश्रमिकको समेत बेवास्ता गरिएको छ।

यस बिषयमा नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) , अखिल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल, समाजबादी पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघले संयुक्तरूपमा २०७७ मंसिर १९ गते ४८ घण्टे अल्टिमेटम पत्र नेपाल पर्यटन बोर्डमा बुझाएका थिए। अल्टिमेटमपत्र बुझाएको पछि पनि कुनै सुनुवाइ नभएको कारण पर्यटन क्षेत्रका क्रियासिल ट्रेड युनियनहरु बाध्य भएर २०७७ मंसिर २४ गते नेपाल पर्यटन बोर्डमा तालाबन्दी गर्ने निर्णय गरेका छन। पर्यटन क्षेत्रका क्रियासिल ट्रेड युनियनहरु मध्यकै एउटा ट्रेड युनियन निटोगले केन्द्रिय समितिको बैठ्कद्वारा ट्रेकिङ ,पर्वतारोहण, टुर, र्‍याफि्टङ , जंगल सफारी लगाएतका सम्पुर्ण पर्यटन श्रमिकहरुलाइ समेटी आन्दोलनलाई जुनसुकै तरिकाले पनि सशक्त बनाउने निर्णय गरेको निटोगका अध्यक्ष राम काजी तिवारी “प्रयास” ले बताएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like