नगरपालिकाले सडकमा तरकारी बेच्न नदिने


२१ मङ्सिर २०७७ काठमाडौं । महालक्ष्मी नगरपालिकाले सडकमा तरकारी बेच्न नदिने भएको छ । ग्वार्को देखि महालक्ष्मी नगरपालिका नजिकै रहेको कृष्ण मन्दिरको सडक किनारामा व्यापार गर्दा सडकमा गुड्ने सवारी साधनलाई असहज हुने भएका कारण गाडामा तरकारी बेच्न नदिने भएको हो । अव्यवस्थित सवारी पार्किङ र फलफूल तथा तरकारी व्यापारले सडक किनारा भरिन थालेपछि नगर प्रहरीहरूको भ्यानले साइरन बजाउँदै लखेट्ने गरेको छ । विगतमा छाडा गाई बाच्छाले दु:ख दिन्थे,सडकमा कुकुरहरुको विगविगी हुन्थ्यो । अहिले सडकमा व्यापारीहरुले जथाभावी व्यापार गर्ने गरेका छन् ।

त्यसो त बेलाबेला सडकमा निस्किएका नारा जुलुसले पनि सडकमा अवरोध नपुर्याएका होइनन् । विभिन्न राजनीतिक दलहरु सहभागी यस्ता कार्यक्रमहरुले क्षणभर मात्र सडकमा बाधा पुर्याउँछन् । कोरोना भाइरस संक्रमणको महामारीले सामाजिक दुरी तथा भौतिक दुरी कायम राख्दै आफ्नो गुजारा चलाउन पेशा व्यवसाय गर्नुपर्ने र सचेत रहनुपर्ने वर्तमान मानवीय अवस्था हो । छाडा कुकुर र मानव भीडबाट बचेर सडकमा हिंड्नु पर्ने अवस्था रहेको महालक्ष्मी नगरपालिकामा फाट्टफुट्ट हिँडडुल गर्ने मगन्ते र पागलहरुले भने कोरोना भाइरस फैलाउन सक्ने छन् । सरोकारवालाहरुले बेलैमा सतर्कता अपनाउन जरुरी छ ।तीब्र गतिमा सडक कालोपत्रे कार्य अघि बढिरहेको महालक्ष्मी नगपालिकामा रुघाखोकी र ज्वरोको प्रकोप बढ्ने सम्भावना अधिक छ ।

newskiran.com

newskiran.com

You May Also Like