राजावादीहरुको माइतीघरमा प्रदर्शन, संघीयताको विरोध


१५ मङ्सिर २०७७ काठमाडौं ।वाम गठबन्धन सरकारको रवैयाले देश वैदेशिक हस्तक्षेप तर्फ फस्दै गएको र राष्ट्रियता खराब हालतमा पुगेको भन्दै हिन्दुवादीहरुले वृहत प्रदर्शन गरेका छन् ।०६९ प्रतिशत हिन्दू धर्म मान्ने जनतामा वितृष्णा पैदा गराएर देश संघीयतामा फसाएको आरोप सहित माइतीघरमा राजावादीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले देशका विभिन्न भागमा प्रदर्शन गर्दै आउने भनेर सोमबार वृहत मानवसागर भेला भइ राजा चाहियो भन्दै नारावाजी समेत गरेका छन् । राताम्मे राष्ट्रिय झण्डा सहित भेला भएका प्रदर्शनकारीहरुले राजसंस्था पुनस्थापनाको माग गरेर संघीयताको विरोध प्रदर्शन गरेका हुन् ।

newskiran.com

newskiran.com

You May Also Like