दोब्बर शुल्क असुल्दै सरकारी विद्यालय, पढाइ चाहिं बोर्डिङ भन्दा कमजोर


१५ मङ्सिर २०७७ काठमाडौं । सरकारले निःशुल्क शिक्षा भनेपनि कञ्चनपुरका अधिकांश सामुदायिक विद्यालयहरुले व्यवस्थापन समितिको निर्णय भन्दै विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क अशुल्ने गरेको पाइएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका –७ स्थित घटाल माध्यमिक विद्यालय सुडाले कक्षा १० को प्रमाण पत्र र चारित्रिक प्रमाण पत्र लिए वाफत विद्यार्थीहरुबाट चर्को शुल्क उठाउने गरेको पाइएको हो । विद्यालय व्यवस्थापनको निर्णय गरेर राजश्व वापत रु पाँच सय सम्म लिने व्यवस्था भएपनि सरकारी विद्यालयहरुले निजी विद्यालयको भन्दा दोब्बर शुल्क अशुल्ने गरेको बताइएको छ ।

संविधानमा ‘‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ” भन्ने उल्लेख छ । तर,कञ्चनपुरको बेदकोट नगरपालिका स्थित घटाल माध्यमिक विद्यालय सुडाले विद्यार्थीहरुबाट चर्को शुल्क असुली रहेको छ । जसले गर्दा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुको निःशुल्क पढ्न पाउने मौलिक अधिकार खोसिएको छ । चारित्रिक प्रमाण पत्र वापत विद्यालयले लिने रु २ हजार ३ सय तिर्न नसक्दा धेरै विद्यार्थीहरु भर्ना हुनबाट वञ्चित बनेका छन् ।

आइतबार उच्च शिक्षा अध्यनका लागि प्रमाण पत्र र चारित्रिक प्रमाण पत्र लिन घटाल माध्यमिक विद्यालय पुगेका एक अभिभावकले विद्यालयले चर्को शुल्क अशुल्ने गरेको बताए । “ विद्यालयले चारित्रिक प्रमाण पत्र लिए वापत २ हजार ३ सय लिएको हो ।” ती अभिभावकले भने–“सरकारले निःशुल्क शिक्षा भनेपनि विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेका छन् ।” उनले अन्य केही सरकारी विद्यालय र निजी विद्यालयमा बुझ्दा चारित्रिक प्रमाण पत्र र प्रमाण पत्रको रु १ हजार सम्म लिने गरेको बताए । घटाल माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर भण्डारी सँग बुझ्न खोज्दा उनले “१० वर्षसम्म विद्यालयमा पढेर विद्यालयलाई केही त सहयोग गनुपर्यो नी ।” भन्दै गैरजिम्मेवार जवाफ दिए । उक्त प्रमाण पत्र वापत लिएको रकम केमा खर्च हुन्छ भन्ने प्रश्नमा विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर भण्डारीले कुनै जवाफ दिएनन् । विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्र भित्र रहेर समितिले शुल्क लिने निर्णय गरेका छौं । “अरु विद्यालयले तीन हजार भन्दा बढी लिन्छन् हामीले त कमै लिएका हौं उनले भने ।”
कञ्चनपुरका अन्य सरकारी विद्यालयमा उक्त शुल्क बारे बुझ्दा केही विद्यालयले विद्यालय व्यवस्थापन समितिको निर्णय गरेर विभिन्न वहानामा विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ ।

शुल्क तिर्न नसकेकै कारण बालबालिकाहरुले आधारभुत शिक्षाबाट समेत वञ्चित हुनुपर्ने अवस्था ‘समाजवाद उन्मुख राज्य’का लागि लज्जाको विषय हो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका स्थित एक विद्यालयका प्रधानाध्यापकले भने कक्षा १० को मुल सटिफिकेटको २ सय ५० रुपैंया राजश्व तिर्नपर्ने बताउँदै चारित्रिक प्रमाण पत्रको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार रु ५ सयसम्म लिन मिल्ने बताए । “नियमावली अनुसार ५ सय लिनुपर्ने भएपनि धेरै विद्यालयले व्यवस्थापन समितिको निर्णय गरेर १ हजार देखि २ हजारसम्म लिने गरेका छन् ।” ती प्रधानाध्यापकले भने–“समय अनुसार १ हजारसम्म ठिकै हो २ हजार शुल्क बढी नै हो ।”
शिक्षा विकास तथा समन्वय इकाइ, कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालयले अचाक्ली शुल्क लिनु गलत भएको बताए । “विद्यालयले स्रोत जम्मा गर्ने भनेर एक दुइ सय रुपैंया लिन्छन अधिकतम ५ सय सम्म विद्यालयले लिनु जायज हो तर २ हजार त अचाक्ली नै भयो ।”
सरकारले निःशुल्क शिक्षा लागू गरेको छ । नेपालको संविधानमै प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनिएको छ । तर, कञ्चनपुरका अधिकांश विद्यालयहरुले अहिले पनि विभिन्न बहानामा विद्यार्थीबाट शुल्क लिने गरेका छन् । विद्यालयले अशुल्ने शुल्क बुझाउन नसक्ने भएपछि विपन्न परिवारका बालबालिकाहरुका विद्यालय छोड्न बाध्य भएका छन ।
निजी स्रोतमा शिक्षकलाई तलब खुवाउने नाममा विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क उठाउने गरेका छन् । विद्यालयहरुले विभिन्न बाहानामा शुल्क लिइरहदा नियामक निकाय भने मौन बसेको छ ।

न अनुगमन न कारबाही

देश संघियतामा प्रवेश गरेसँगै विद्यालय सञ्चालनको अधिकार अहिले स्थानीय सरकारमा निहित छ । स्थानीय सरकार संचालन ऐन, २०७४ ले विद्यालयको अनुगमन तथा कारवाही गर्ने जिम्मेवारी पनि स्थानीय तहलाई सुम्पिएको छ । सामुदायिक विद्यालयमा कुनै पनि बहानामा शुल्क लिनु गैरकानुनी हो । त्यसको अनुगमनको जिम्मेवारी पनि सम्बन्धित पालिकाको हुन्छ तर स्थानीय तहलाई विद्यालयको शुल्क बारे कुनै जानकारी नै छैन् ।

बेदकोट नगरपालिकाका सुचना अधिकारी शंकर दत्त भट्टले भने–“एसइइको सटिफिकेटको रु २ सय ५० राजश्व दिनुपर्छ ।
यो समाचार रुबस न्युजमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like