अब युवाको हातमा पार्टीको झन्डा र रोजगारी हुने : मन्त्री ढुङ्गेल


१५ मङ्सिर २०७७ काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले उद्यम गर्ने युवाहरुलाई प्रदेश सरकारले सहुलियतमा ऋण उपलब्ध गराउने बताएका छन् । उनले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यमशील बन्नुपर्ने हुनाले बेरोजगारी युवाहरुलाई रोजगारी बनाउन सहुलियत ऋण उपलब्ध गराउने बताएका हुन् ।
मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठ्कलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताएका छन् । युवाहरु राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्छ । उनले एउटा हातमा राजनीतिक झण्डा र अर्को हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढ्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

उद्यम गर्ने युवाहरुका लागि प्रदेश सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको मन्त्री ढुंगेलले भने–काम सानो ठूलो नभनी उत्पादनमा जोडिनुहोस् । प्रदेश सरकार सहयोग गर्न तयार छ, समृद्धि हाम्रो पालामा सम्भव छ ।’विगतमा के भएभएनन् छोडौं । अहिले सरकारले नै सुखी र सम्वृद्धिको नारा दिइसकेकाले हाम्रै पालामा सम्वृद्धि हुन्छ । मन्त्री ढुंगेलले थपे जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न किन डराउने प्रश्न गरे । तात्कालीन जिल्लामा कहिले चुनाब नजित्ने नेता भनेर चिनिने मन्त्री ढुङ्गेल कम्युनिष्ट राजनीतिमा ०४८ देखि नै पार्टीमा आवद्ध छन् । वामगठबन्धन एकतासँगै भागबन्डाले भाग्यमानी बनेका उनी अहिले महत्वपूर्ण स्थानमा छन् । आशा छ उनले रामेछापमा बेरोजगारी युवाहरुको मन जितेर काम गरुन् । राजनीतिक विभेद नगरुन् ।

newskiran.com

newskiran.com

You May Also Like