राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिवेशन सम्पन्न,महत अध्यक्ष


१४ मङ्सिर २०७७ काठमाडौं । गीत संगीतको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिवेशनले सुवास महतको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार बालकुमारीमा सम्पन्न अधिवेशनले पदाधिकारीहरुमा वर्षा सिलवाल वरिष्ठ उपाध्यक्ष,महिला उपाध्यक्षमा सविना दाहाल,उपाध्यक्षमा मनराम केसी र सुमित्रा श्रेष्ठ (रोजी),सचिवमा सुवास बजगाईं,सहसचिवमा सुजाता केसी र सरोज लामा,कोषाध्यक्षमा रञ्‍जित संजेल, सह -कोषाध्यक्षमा सम्झना खड्का धिमिरेलाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा रामसुन्दर कार्की, समिर तिमल्सिना, श्यामसुन्दर तिमल्सिना,सुमन दुलाल, सुन्तली खड्का,रञ्जन पौडेल,डिना कोईराला,विवेक खड्का ‘मुस्कान,सम्राट रेग्मी,अनिल जिसी ‘बुलेट’,सुशीला दुलाल ‘श्रेया’ र आरके गाम्बा रहेका छन् । गोमा पाण्डेलाई भने प्रवक्तामा चयन गरिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like