रामेछापमा सुरु भयो प्याराग्लाइडिङ घुम्न जाऔं


१३ मङ्सिर २०७७ काठमाडौं । रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य थानापति महादेव मन्दिरबाट पहिलो पटक प्याराग्लाइडिङ उडान भएको छ । प्रसिद्ध महादेवको मन्दिर थानापति क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित प्याराग्लाइडिङ उडान भएक हो ।

मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको प्रसिद्ध थानापति महादेव मन्दिरबाट वडा कार्यालयको आर्थिक सहयोग भयो। वडाध्यक्ष बुद्धि बहादुर पुलामीमगरले परीक्षण उडान सफल भएकाले आगामी दिनमा व्यवसायीक रुपमा प्याराग्लाइडिङ उडान गर्ने योजना बनाउने जानकारी दिएका हुन् । थानापति महादेव मन्दिरको डाँडाबाट उडाईएको प्याराग्लाईडिङ पुरानागाउँकै फोस्रको देवीथान भन्दा मुनी चालिसेमा गएर हालै सफल रुपमा अवतरण गराइएको थियो ।

प्याराग्लाईडिङ पाइलटद्धय गोविन्द गुरुङ र लक्ष्मामण रत्न शाक्यले थानापति डाडाँबाट उडेको प्याराग्लाईडिक सात ठाउँमा अवतरण गर्न सकिने स्थानहरु देखिएकाले तिनै ठाउँहरुलाई आधर मानेर थप रिपोर्ट आउने पनि बताएका छन्।


यसअघि सुनापती गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको पहिचान गरी प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । तर दुवै गाउँपालिकाले अझै व्यवसायिक रुपमा प्याराग्लाइडिङको उडान गर्न सकिरहेका छैनन् ।यदि राम्रो उडान भर्न सके काठमाडौं बाट ३ घन्टामा पुगिने पर्यटकीय गन्तव्य रामेछाप बन्ने छ । प्याराग्लाइडिङ चढन रामेछाप घुम्न जाउँ भन्नेहरुको इच्छा पूरा गर्न णने अझै केहि समय लाग्ने बताइएको छ । उडानका लागि वडा कार्यालयको पूर्ण समर्थन साथै अन्य संघसंस्थाको पनि सहयोग आवश्यक हुने एक स्थानीयले बताएको खबर रामेछाप न्युजमा पनि प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like