कर्णजीत बूढाथोकी बने अध्यक्ष, गोपाल किराँती कार्बाहीमा


१२ मङ्सिर २०७७ काठमाडौं । गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले विशेष राष्ट्रिय भेला गरी कर्णजीत बुढाथोकी शुशिललाई अध्यक्ष चयन गरेको छ । देशव्यापी संगठन निर्माणको अभियानमा जुटेको, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको समस्याबारे संगठित आन्दोलनको नेतृत्व गर्ने दिशामा अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र)ले एक बैठ्क तथा भेला मार्फत अध्यक्षमा कर्णजीत बुढाथोकीलाई चयन गरेको हो ।

शुक्रबार केन्द्रीय समितिको बैठ्क तथा विशेष राष्ट्रिय भेलाको निर्णयहरु सार्वजनिक गर्न अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बुढाथोकीले आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षको प्रकृयामा अघि बढेको र त्यसमा जोडिन आम जनसमुदायमा आह्वान पनि गरेको छ ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले शक्तिमा भएको समयमा पार्टीहरु फुट्ने परम्परालाई तपाईहरुले कमजोर हुनेबेला पार्टी फुटाएर तोड्नुभयो, यसको वास्तविकता के हो ? भन्दै सोधेको प्रश्नको जवाफ दिदै उनले भने ‘हामी देशव्यापी संगठन निर्माणको अभियानमा छौं, क्रान्तिकारी शक्तिहरुसँग वैचारिक एकता अनिवार्य सर्त हो । हामी विभाजित टुटफुट विभाजन मात्र होइन एकता र वृहत ध्रुविकरणको संन्देश यो पत्रकार सम्मेलन मार्फत दिन गइरहेका छौं ।’

सरकारले आफ्नो असफलताका कारण विप्लवमाथी प्रतिबन्ध लगाएको भन्दै उनले भने–‘हामी क्रान्तिकारी शक्तिहरुसँग कार्यगत एकता गर्दै पार्टी एकताको बारेमा सोचिरहेका छौं, एकताको लागि विचार सिद्धान्तबारे छलफल र एकरुपता आवश्यक हुन्छ । हतारमा कसैसँग एकताको हल्ला मच्चाउँदा त्यो पुर्न विघटनको दिशातिर गएको हामीले देखेका छौं ।एकता घोषणा छटपटाहट र निरासाजनक कोणबाट आएकाले एकताका सर्तहरु कसैले एकलौटी घोषणा हुँदा एकता सम्भव हुन्न । अध्यक्ष कर्णजीत रहेको कमिटिमा बरिष्ठ उपाध्यक्षमा तिलक थापा र उपाध्यक्षमा रंग नाथ ढकाल रहेका छन् । त्यसैगरी १५ जना पोलिटब्युरो,३३ जना स्थायी र ९९ जना केन्द्रीय समिति सदस्य चयन भएका छन् ।
स्थायी समिति सदस्यमा नरेश शाही, धन कुमारी मगर, लोकराज जैसी, सिंह ब.बिक, बलाराम पुन, धर्मराज बेडुवाल, अरुण घिसिंङ, टिपि गौतम, प्रकाश दाहाल छन् । त्यसैगरी पोलिटब्युरो सदस्यहरुमा कृष्ण खडक, दुर्गा खत्री, कृष्ण बोहोरा, जनक कामी, ब्यासि तिरुवा, रंगमल रोकाया, प्रकाश तिवारी, राम प्रसाद मैनाली, कुमार याख्खा राई, लक्ष्मण खडका, शुसिल नाथ योगी, कपिल सिजापति, पासाङ तामाङ, भागिराम चौधरी विक्रम, धर्म सञ्ज्याल ध्रुब, रतन कुमार बिक, ज्ञानु बम, शोभा आचार्य, भोजराज त्रिपाठी, सूर्य बहादुर खत्री, कलावती चौधरी रहेका छन् ।

त्यस्तै, पार्टीका केन्द्रीय सदस्यहरुमा मिना चन्द, रमेश थापा, योगश राम्झाली, बिरेन्द्र लामा, भिम बिक, हिरा देवकोटा, सुकैलाल बर्मा, कमला धामी, सुवास लामा, जीवन ऐडि, रामकृष्ण बुढा, मनराज कठायत, टेकमल दर्जी लगायत छन् ।

newskiran.com

newskiran.com

You May Also Like