पेस्तोलसहित हतियारधारी पक्राउ

३१असार २०७५- दिनदहाडै प्रहरीले ललितपुरको नख्खिबोटबाट जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनाको समूहलाई पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो । पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल रेको स्रोतको जनाएको छ । विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको स्रोतले बतायो । काठमाडौं प्रहरीले उनीहरुलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । स्रोतका अनुसार उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याजिन पनि बरामद भएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like