महिला हिँसा र बलत्कार विरुद्ध जनता जाग्नु पर्ने: परी थापा


११ मङ्सिर २०७७ काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परी थापाले महिला हिँसा र बलत्कार बिरुद्ध जनता जाग्नु पर्ने बताएका छन् । विहीबार पार्टी अन्तर्गत महिला सङ्गठनले गरेको एक कार्यक्रममा बोल्दै थापाले महिला हिँसा र बलत्कार बिरुद्ध अब जनता सडकमा जानुपर्ने बताका हुन् । कार्यक्रम माइतीघर मन्डलामा भएको थियो । त्यसैगरी कार्यक्रममा महिलाहरुको अधिकार हनन हुनुमा राज्य व्यवस्था नै फितलो भएको महिला नेतृ शारदा महतले बताइन् । विभिन्न नारा, जुलुस र प्ले कार्ड बोकेका प्रदर्शनकारीहरुले नारा लगाइरहेको ठाउँबाट थापाले महिलाको पक्षमा बोलेका हुन् । राज्यको नीति नै गलत भएपछि हत्या, हिँसा र बलत्कारको घटना बढेको जिकिर गर्दै थापाले त्यसका विरुद्ध जनता सडकमा उठ्नु पर्ने बताएका छन् । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का ३ नं प्रदेश इन्चार्ज दिनेश शर्मा, सेक्रेटरी सुरेश श्रेष्ठ, तथा केन्द्रीय सदस्यहरु पवनमान श्रेष्ठ, जगदीश चन्द्र भन्डारी, गोविन्द पौडेल लगायत सयौको संख्यामा अन्य प्रदर्शनकारीहरु उपस्थित थिए ।


newskiran.com

newskiran.com

You May Also Like