कम्युनिष्टलाई मार्क्सवाद सिकाउँदै काँग्रेस नेता

‘कम्युनिस्ट’ कार्यकर्तालाई मार्क्सवाद सिकाउने एक जना ‘गुरु’ भने कांग्रेसका नेता छन् । उनी हुन्– प्रदीप गिरि । मार्क्सवादबारे ‘ज्ञानको भण्डार’ मानिने गिरिले १५ वैशाखमा झापामा ‘कम्युनिस्ट’ कार्यकर्तालाई प्रशिक्षण दिए । १० हजार युवालाई मार्क्सवाद पढाउने लक्ष्यसहित झापाबाट सुरु भएको यो अभियानमा गिरिसँगै मोहनविक्रम सिंह, राम कार्की, हरि रोकालगायतका ‘प्रशिक्षक’ छन् । २१ र २२ वैशाखमा काभ्रेको धुलिखेलमा भएको प्रशिक्षणमा पनि गिरि ‘प्रशिक्षक’ का रूपमा उपस्थित थिए ।उनीसँगै सो प्रशिक्षणमा मोहनविक्रम सिंह, चैतन्य मिश्र, पीताम्बर शर्मालगायत प्रशिक्षक थिए । २२ असारमा नेपालगञ्जमा भएको प्रदेशस्तरको पहिलो मार्क्सवादी प्रशिक्षणमा पनि घनश्याम भुसाल, राम कार्की, गणेश शाहसँगै प्रदीप गिरि पनि प्रशिक्षण दिन त्यहाँ पुगेका थिए । आफूहरूलाई प्रशिक्षण दिन कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरि उपस्थित भएपछि ‘कम्युनिस्ट’ कार्यकर्ताहरु आश्चर्यमा पर्ने गरेका छन् । किनकि हिजो दशवर्षे जनयु्द्धमा सरकारमा रहेर मार्क्सवादी धेरथोर दमन गर्दै गरेको पीडाभाव देखिन्थ्यो तर, गिरिको प्रशिक्षण सुन्दै गएपछि सबै प्रभावित भएको नेकपा मसालका नेता समीर सिंहले बताएको खबर नयाँ पत्रिका दैनिकमा आइतबार प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like