गोदावरी नगरले स्कुल खोल्ने तर अभिभावक अन्योलमा

११ मङ्सिर २०७७ काठमाडौं । महालक्ष्मी नगरपालिकाले मङ्सिर १५ बाट स्कुल लगाउने निर्णय गरेसँगै गोदावरी नगरपालिकाले पनि मङ्सिर २० गतेबाट मध्य ललितपुरको गोदावरी नगरका स्कुलहरु सञ्चालन गर्ने भएका छन् । गोदावरी नगरपालिकाले विहीबार सूचना प्रकाशित गरेर स्कुल सञ्चालनमा ल्याउने भएको हो ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत कोरोनाको सन्दर्भमा जारी गरिएको स्कूल सञ्चालन सम्बन्धी कार्यढाचा २०७७ मा उल्लेखित प्रावधानहरुलाई पूर्ण पालना गर्दै विद्यालय सञ्चालन गर्नु पर्ने सूचनाका उल्लेख छ । साथै सूचना अनुसार गत मंसिर ७ गते गोदावरी नगरपालिकाले बैठ्कबाट निर्णय पारित भएपछि सूचना जारी गर्दै विद्यालय सञ्चालन गर्न गराउन अनुरोध गरेको थियो । विगतमा सरकारी निर्णय नआएसम्म आफ्ना नानीबाबुहरूलाई विद्यालय नपठाउने भनी बसेका अभिभावकहरु अहिले विद्यालयमा खुलेपनि पढ्न नपठाउने निर्णयमा रहेका छन् । बरु अनलाइनमा जति फिस उठ्छ तिरेर पढिन्छ । सरकारले जिम्मा नलिएसम्म किन विद्यालय पठाउने गोदावरी किटनीका एक अभिभावकले न्युजकिरण अनलाइन खबरलाई जानकारी दिए ।

newskiran.com

newskiran.com

You May Also Like