पशुपतिमा मृत्युसंस्कारको वाध्यात्मक भीडभाड


१० मङ्सिर २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीमा पशुपति आर्यघाटमा मृत्युसंस्कारको भीड देखिएको छ । बुधबार न्युजकिरण डटकम अनलाइनले गरेको सर्वेक्षणमा मृत्युसंस्कार गर्नेहरुको असुरक्षित भीड देखिएको हो । बुधबार दिउँसो करीब १ घन्टामा गरिएको सर्वेक्षणमा ४ देखि ६ वटा लास जलाउन आएका आफन्त र मलामीहरुको अत्यन्त भीड देखिन्थ्यो । मृत्यु संस्कारको भीडभाडमा न स्वास्थ्य कर्मी थिए न त सुरक्षा कर्मी नै । प्राय:माक्सको प्रयोग सहित आएका मलामीहरु हेर्दा लाग्थ्यो २५ भन्दा बढीको संख्यामा उनीहरु उपस्थित थिए । सरकारले २५ जना भन्दा बढीको हुलहुज्जतबाट सामुदायिक कार्य नगर्न भनेको छ । निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी सडकमा एकैपटक नहिड्न पनि अनुरोध गरेको थियो । राजनीतिक हुन वा व्यापारिक, सामाजिक हुन वा शैक्षिक प्राय: सडकमा भीडभाड बढेको प्रति सरोकारवालाहरुले बेलैमा सचेतना अपनाउनुपर्ने देखिन्छ । कोरोना भाइरससँग डटेर मनोबल उच्च राख्नु र वाध्यात्मक परिस्थिति सँग मुकाविला गर्नु जायज नै हो । तर, कतिपय हेल्चेग्र्याइले कोरोना संक्रमण गति घट्नुको सट्टा बढ्न सक्ने हुनाले सम्बन्धित निकायको ध्यान पुग्न जरुर छ ।जन्म र मृत्यु संस्कारको सामाजिक प्रयोगका लागि सर्वपक्षीय योगदान वर्तमान अपरिहार्यता हो । धार्मिक सद्भाव र सामाजिक मूल्य मान्यताको विरुद्ध कोही लाग्न हुँदैन् । पशुपति क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड चाहिँ पालन हुनैपर्ने यी तस्बीरहरुले देखाउन खोज्छन् ।

newskiran.com

newskiran.com

You May Also Like