रत्नपार्कलाई शङ्ख पार्क नाम राख्न खोजेको भन्दै उजुरी


१० मङ्सिर २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वले महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनसम्बन्धी ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौं महानगरपालिकाले तत्कालीन श्री ५ महेन्द्रको जीवनसंगिनी, राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहनुभएकी मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरू कसैको नाममा बनेर व्यापक प्रचलनमा आइनसकेको रत्न पार्कलाई नाम फेरेर राखिनु हुँदैन् । यो कार्य तत्काल सच्याउन महानगरपालिकाका समक्ष माग गरिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like