पत्रिका हेरेर समय कटाउदै फूर्सदवाल


९ मङ्सिर २०७७ काठमाडौं । जाडो बढेसँगै अधिकांश मानिसहरु घरबाहिरको सडक तथा मठतिर घाम ताप्दै बरालिन थालेका छन् । कामदाम नभएका फुर्सदका मानिसहरु सडक तथा मठ मन्दिर तिर बरालिन थालेका हुन् । कामदाम नभएका फुर्सदका मानिसहरु कोही पत्रिका पढेर समय कटाउन थालेका छन् भने कोही एक आपसमा गफ चुटेर समय बिताउन थालेका हुन् । सरकारले बेरोजगार युवाहरुलाई रोजगारमा लगाउने नारा दिएको छ ।नेपालको संविधानमा मौलिक अधिकारको सुनिश्चित गराउने प्रतिबद्धता सरकारले गरेपनि जनतालाई कोरोना भाइरस तथा बेरोजगारी भाइरसले भने नसताएको होइन् । बन्दाबन्दीका कारण उद्योग व्यवसाय ठप्प रहेकाले पनि दिनानुदिन बेरोजगार जनशक्ति सडकमा थुप्रिनुको विकल्प छैन् । यतिबेला कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ । त्यसको प्रभाव नेपालमा नपर्ने कुरै भएन । अझ नेपालको राजधानी काठमाडौंमा जनतालाई कोरोना उपचार सेवा भन्दानी देशको राजनीति उपचार सेवामा दलका नेताहरु समय खर्चेर बसेका देखिन्छन् ।

बन्दव्यापारमा तरकारी, फलफूल, खुद्रा पसल, मेडिकल,डेरी तथा बेकरी जन्य उत्पादनका पसल उद्योग वाहेक खुलेका छैनन् ।सडकमा अफिस जाने आउनेको भीडभाड स्थल पनि आजभोलि लगभग शून्य देखिन्छ । केही उद्योग मा कार्यरत श्रमजीवी वाहेक अधिकांश ९ महिना देखि बेरोजगार छन् । महिनाको १०,१२ हजार ऋण गरेर कोठाभाडा तिरी खाएर उपत्यकामा रहनु राम्रो होइन् ।तर, पनि सडक तथा मठमन्दिरमा बसी पत्रिका पढ्ने र गफ चुटेर समय व्यतीत गर्नु उनीहरुको विडम्बना हो ।

newskiran.com

newskiran.com

You May Also Like