अब ठेकेदारले साउनमा बोको र भाले चढाउनुपर्ने

‘बोको र भाले चढाउने’ सर्तमा सडक र ढल निर्माण हुँदैछ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्ला। सिमकोट गाउँपालिका( ६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने (थान) परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । ‘बोको र भाले चढाउने’ सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ । सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र इन्जिनियर सरोज भण्डारीदेखि दक्ष मिस्त्रीहरुले पनि त्यस स्थानमा निर्माण अगाडि बढाउन मानेनन् । देउताको पूजा गर्ने ठाउँमा क्षति पुर्याए त्यस कामसँग सम्बन्धित मान्छेको ‘राम्रो नहुने’ सुनाएपछि उनीहरु डराएको वडाध्यक्ष जयचन्द्र रोकायाले बताए ।कुरीति र अन्धविश्वासी ह्याड्·ले सताइएका प्राय ग्रामीण बस्तीतिर देवीदेवता धामीझाँक्रीको विश्वास धेरथोर गरिन्छ नै ‘देवताको डर’ ले काम रोकिने भो भनेर चिन्तामा रहेका ठेकेदार पनि ‘बोको र भाले चढाउन’ तयार भएको अध्यक्ष रोकायाले बताए । अब ठेकेदारले साउनमा देउतालाई बोको र भाले चढाउनुपर्ने भएको खबर शनिबारकोगोरखापत्र दैनिकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like