वृहत शान्ति सम्झौताले १४ वर्ष पार गर्यो, आर्थिक-सामाजिक रूपान्तरण विडम्बनापूर्ण


६ मङ्सिर २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धविरोधी केपी शर्मा ओलीको हातमा देशको नेतृत्व पुग्नु विडम्वनापूर्ण भएको बताएका छन् । बृहत शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा डा. भट्टराईले नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइचालोले झैं हल्लाइ दिने विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । माओवादी र नेपाल सरकारबीच २०६३ मंसीर ५ गते वृहत शान्ति–सम्झौता भएको थियो ।

‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार बीच वृहत शान्ति–सम्झौता भएको ( २०६३ मंसीर ५ गते) १४ बर्ष पूरा भएको छ । नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइँचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति–सम्झौतामा भएका आर्थिक–सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नुनै विडम्वनापूर्ण भएको भट्टराईले बताए । भट्टराईले सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक रहेको पनि भनेका छन् ।४० सुत्रीय माग राख्दै जनयुद्ध तिर होमिएका नेताहरु हाल एक अर्काको राजनीति पार्टीमाथि आरोप प्रत्यारोप गर्दै बस्नु राम्रो होइन ।‘सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक’, उनले भने, ‘अब फेरि २०५२ साल यताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह/आन्दोलन,जनजाति आन्दोलन,थरूहट/थारूवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि ?

त्यसो त २०५२ सालमा थालिएको माओवादी जनयुद्धकालमा फ्याक्सन इन्चार्जको भूमिकामा रहेर लामो समय पार्टी हाँकेका भट्टराई पार्टी अध्यक्ष समेत थिए । जनयुद्धकालमा एक रहेको पार्टी नेकपा माओवादी हाल टुक्रा टुक्रा भइ फुटेर प्रचन्ड,मोहन वैद्य, बाबुराम भट्टराई, बादल,विप्लव आदि बन्न पुगेका छन् । राजनीतिक दर्शन गुरु वैद्य,सैन्य गुरु बादल,योजना गुरु बाबुराम र योजना कार्यान्वयन गुरुको भूमिका प्रचन्डले खेल्थे । तात्कालीन सत्ताशीन दल कांग्रेस एमाले नै थिए । काँग्रेस ३६ से र ७४ हत्तरे गुटमा विभाजित भएसँगै एमाले – माले भएर झन्डै सकिएको थियो ।अहिले एमाले र प्रचन्ड माओवादी मिली नेकपा डब्बल बनेको छ ।चुनाव अघि बनेको वाम गठबन्धन नेकपा डब्बल बनेको हो । सत्ताशीन १० वर्षे जनयुद्ध र लोकतान्त्रिक आन्दोलनले फेरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेख्न र कार्यान्वयन हुन लागिरहेको अहिलेको अवस्था हो । देश संघीयतामा गइसकेपछि कठिन राजनीतिक मोडको अवस्थामा गुज्रिरहेको छ । २०१२ सालमा कम्युनिष्ट नेता दरबार छिरेपछि ०१५ सालमा बनेको बहुमतवाला कांग्रेसको सरकार समेत आन्तरिक कलहले ढलेर ०१७ साल पौष १ गतेको शाही कु दलहरुले भोग्न बाध्य बनेका थिए । ०४६ मा प्रजातन्त्रको पुनर्वहाली पछि बनेको काँग्रेसको ३ वर्षे सरकार होस वा ०५१ सालमा बनेको एमालेको ९ महिने सरकारले सोचेजस्तो जनताको भलो गर्न नसकेरै को थालनी भएको थियो । ०६२/०६३ को जनआन्दोलन भाग -२ र वृहत शान्ति सम्झौता पछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । बढ्दै गइरहेको बैदेशिक राजनीति प्रभाव,जनता र जनजीविकाको समस्या,देशको सीमा असुरक्षा,बढ्दो बेरोजगारी,राष्ट्रको डामाडोल अर्थ तन्त्र, संविधानमा उल्लेखित मौलिक अधिकार हनन् जस्ता विषयमा सरकारको शीघ्र दृष्टि अपुग छ ।०६३ मङ्सिर ५ गते ७ राजनीतिक दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट पुष्पकमल दाहाल(पचन्ड)ले गरेका सामूहिक सम्झौताका हस्ताक्षरको १४ वर्षे अवधिले शुक्रबार पार गरेको छ । भाइ फुटे त गवार लुटे भनेझैं देशको आन्तरिक राजनीतिक कलहमा वैदेशिक हस्तक्षेप हुन ।
दिनु हुन्न ।

newskiran.com

newskiran.com

You May Also Like