राजेशले साइकलमा घुमाउन लगे प्रचन्डकी नातिनी स्मिता


५ मङ्सिर २०७७ काठमाडौं ।कुनै समय अत्यन्त चर्चाको शिखरमा पुगेका चलचित्र नायक महानायकमा परिणत भएका थिए ।महानायक भएसँगै घरगृहस्थी जोडेर थोरै चलचित्र क्षेत्रका नायक बनेका राजेश हमालले प्रचन्डको नातिनीलाई साइकलमा हालेर घुमाउन लगेका छन्।तर,यो वास्तविक नभएर स्मिता दाहाल र राजनराज शिवाकोटीले गाएको म्युजिक भिडियोको कथा हो ।आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाल अभिनेता राजेश हमालको जोडी भएर साइकलमा देखिएकी छन् । स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा स्मिता राजेशसँग रोमान्टिक मोडमा कहिले साइकल त कहिले बगैंचा (पार्क)मा देखिएकी हुन् ।

कुनै जंगलको बाटो एक्लै हिंड्दा बलात्कार हुनबाट राजेश हमालले जोगिएकी किशोरी स्मिता बिस्तारै साइकलमा पत्रिका बेच्ने उनी तिरै आकर्षित हुन पुग्छिन् । हुर्किएकी छोरीलाई विवाह गर्नु पर्ने आमाको भनाइ र बाबाको गरीब केटोसँग विवाह नगर्ने भन्ने कुराबीच तादात्म्य नमिलेको पनि भिडियोमा देखाइएको छ । भिडियोमा राजेश हमाल पत्रिका बेच्ने गर्छन् ।उनी सबैलाई सहयोग गर्छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको छ ।
सुनिल क्षेत्रीको कथा तथा कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, नवराज उप्रेतीको छायांकन र सरोज ओलीको निर्देशन रहेको छ ।अहिले प्रचन्डको नातिनीले गाएको र खेलेको मालिङ्गो बोलको गीतको भिडियो युट्युवमा भाइरल बनेको छ ।


newskiran.com

newskiran.com

You May Also Like