वाणिज्य महासंघको चुनावमा ढकाल प्यानल निर्वाचित


५ मङ्सिर २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।
ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट विजय यात्रा सुरु गरेका छन्। यो सुरुवातीसँगै आफ्नो प्यानलले चुनाव जित्ने आशा ढकाल समूहको छ । मङ्सिर ११-१३ मा हुने महासंघ चुनावका लागि उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राजेन्द्र राउत निर्विरोध चुनिएका थिए । त्यसैगरी उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा जाँदा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायीले उनलाई समर्थन गर्ने बताएका थिए ।
आगामी मङ्सिर ११-१३ मा हुने महासंघको ५४औ वार्षिक साधारणसभा तथा निर्वाचनमा वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like