नयाँ गुल्मको नेतृत्वमा मेजर सृष्टि खडका


५ मङ्सिर २०७७ काठमाडौं । देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन्। प्रधानन्यायाधीशमा पनि देशले पहिलो पटक महिला पाइसकेको छ। सदनभित्र सभामुख पद पनि महिलाकै हातमा पुगिसकेको छ । अधिकांश स्थानीय सरकारमा उपप्रमुख पनि महिला छन् । यस्तै श्रृंखलामा अर्को खबर पनि थपिएको छ। सेनाभित्र पनि सैनिक अधिकृत महिला नै परेकी छिन् ।

यो प्रसङ्ग हो सेनाको मनोवैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वार्टर र राष्ट्रिय सेवा दलमा काम गरेकी सृष्टि खड्काको ।
पहिलो महिला गुल्मको गुल्मपति भएकी छिन् सेनानी सृष्टी खड्का। ८० देखि १ सयको संख्यामा जनशक्ति गुल्ममा चाहिन्छ। सेनाका प्रवक्ताको पुष्टि अनुसार, ‘नयाँ गुल्मको नेतृत्व मेजर सृष्टि खड्काले गरेकी छिन् ।
सेनानी खड्कासँग शान्ति स्थापनार्थ सुडानमा काम गरेको अनुभव छ। खड्का बेसिक आर्टीलरी भएपनि प्राय:जसो इन्फेन्ट्री युनिटमा बसेर काम गरिन्।सेनानी खड्काको क्षमता र कार्य दक्षताको आधारमा यो पद दिईएको नेपाली सेनाले जनाएको छ। नेपालमा नेपाली सेनाको ४ सय ५८ वर्षको इतिहास रहेको छ।

newskiran.com

newskiran.com

You May Also Like