धनगढीमा हिन्दू राष्ट्रको माग गर्दै राजा समर्थकद्वारा प्रदर्शन


४ मङ्सिर २०७७ काठमाडौं । धनगढी–हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका माग राख्दै राजा समर्थकहरूले आज विहीबार धनगढीमा प्रदर्शन गरेका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा राजा समर्थकहरूले अपराह्न १२ बजे धनगढीको बुद्ध चोकबाट-याली प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदर्शनमा नेपालको पुरानो राष्ट्रिय गान पनि बजाएका छन् भने राजा आऊ देश बचाउ लगायतका छन् । हिन्दु राष्ट्र पुनर्स्थापना, सङ्घीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापना लगायतका माग राखेर प्रदर्शन गरिएको आयोजक संस्थाका संयोजक डब्बु कार्कीले बताएका छन् । -याली अत्तरिया पुगेर पुनः धनगढी फर्कने र ट्राफिक चौराहामा कोण सभा गरी सम्पन्न भएको छ । राजा ज्ञानेन्द्रले दिएको एक युट्युब अन्तरवार्तामा देशको राष्ट्रिय सुरक्षाको चासो र सीमा सुरक्षामा दलहरुको भूमिकाबारे उनको तर्क छ ।

newskiran.com

newskiran.com

You May Also Like