नेवारी समुदायमा भाइटीका मंसीर १ र २ गते


२ मंसिर२०७७ काठमाडौं । ललितपुरका अधिकांश नेवार समुदायमा मंसीर १ गते भाइटीका लगाइएपनि केही नेवार समुदायमा भने मंसीर २ गते भाइटीका लगाइएको छ ।तिथिका हिसाबले सोमबार भाइटीका भएपनि मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन मिल्ने भनी काठमाडौं र पाटनका नेवार समुदायमा मंगलबार भाइटीका लगाइएको हो।

नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले मंसीर २ गते देशभर सार्वजनिक बिदा दिएको थियो ।
धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।
भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको थियो ।दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।
यता एक महर्जन चेलीले सामाजिक संजालमा भाइटीका बारे यस्तो पोष्ट गरेकी छिन्:



newskiran.com

newskiran.com

You May Also Like