अब दिउँसो ट्रिपर चलाउन नपाइने

२७असार२०७५ उपत्यकाको ३ जिल्लामा अब दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम तत्काल कार्यान्वय गर्ने गरी निर्देशन दिइएको बताए ।

newskiran.com

newskiran.com

You May Also Like