विद्यालय सञ्चालन कार्यढाँचा स्वीकृत,अब विद्यालय खोल्न पाइने


२९ कार्तिक २०७७ काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालयहरू सञ्चालन हुने भएका छन् ।लामो समय बन्दको घाटा व्यहोर्दै आएका विद्यालय संचालकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर तथा कोरोनाको अवस्था हेरेर छिट्टै विद्यालय संचालन गर्ने भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरेसँगै अब भने विद्यालय पक्कापक्की संचालन हुनेमा संचालकहरु विश्वस्त बन्न थालेका छन् । सरकारले यसअघि अनलाइन कक्षालाई वैकल्पिक शिक्षणको मान्यता दिएको थियो तर विद्यालय नखोलेसम्म सबै विद्यार्थीहरुले सिकाइ प्रक्रियामा भाग लिन सकेका थिएनन् ।
‘प्रदेश सरकार तथा स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गर्ने लगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरू गर्न सक्ने गरी आधारभूत क्रियाकलापहरू यस कार्यढाँचामा समेटिएको छ’विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचामा उल्लेख छ । कोरोना संक्रमण बढेको अवस्थामा भने स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर निश्चित अवधिका लागि विद्यालय बन्द गर्न समेत पाइने व्यवस्था कार्य ढाँचामा समावेश छ ।
यस्तो छ कार्यढाँचाको स्वरुप:-

















newskiran.com

newskiran.com

You May Also Like