ललितपुरमा मङ्सिर ३ बाट प्रशासनिक सेवा सुरु


२९ कार्तिक २०७७ काठमाडौं ।जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल स्थगित रहेका नागरिकता वितरणलगायतका सेवा मङ्सिर ३ गतेदेखि सुरु गर्ने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले कात्तिक २ गतेदेखि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेकोमा हालै प्रकट सेवा सम्बन्धी एक सूचना निकालेर मंङ्सिर ३ गतेदेखि प्रशासनिक सेवा सुरु गर्ने भएको हो ।

प्रशासन कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मङ्सिर ३ गतेदेखि खुला गर्ने जनाएको छ । सूचनामा स्थानीय तहअनुसार निश्चित बार तोकेर सेवा प्रवाह आइतबार, सोमबार र मङ्गलबार ललितपुर महानगरपालिका, बुधवार महाकाल, बागमती र कोन्ज्योसोम गाउँपालिका र बिहीबार र शुक्रवार गोदावरी र महालक्ष्मी नगरपालिकाका बासिन्दाले सेवा पाउने उल्लेख गरिएको छ ।

त्यसैगरी, प्रशासनले पत्रपत्रिका, सङ्घ संस्था दर्ता र नविकरण करणसम्बन्धी सेवामा पनि बार उल्लेख गरेको छ । सोमबार र बुधवार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार तथा पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुने जनाएको छ।

newskiran.com

newskiran.com

You May Also Like