तिहार लगत्तै १५ दिन लकडाउन हुन सक्ने


२८ कार्तिक २०७७ काठमाडौं ।६,७ महिना लकडाउनको मार खेप्दै आएका मजदुर कर्मचारीले कोठाभाडा तिर्न नसक्दा उपत्यकामा केही घरबेटीलेले तालामाथि ताला हानेका छन्। कामधन्दा सब बन्द छ सरकारी कार्यालयमा कार्यरत मजदुर कर्मचारी र प्राइवेटमा कार्यरत केही मजदुर कर्मचारी बाहेकले लकडाउनको मार व्यहोर्नु परिरहेको छ । सरकार स्थानीय पिडित जनता,मजदुर र हरुको भलो गर्दैन कि भन्ने आभाष चलिरहेको बेला उपत्यका मेयर फोरमले पुन:लकडाउनको हल्ला चलाएर जनता त्रसित बनाएका छन् । हालै बसेको सीसिएमसी बैठ्कबाट १५ दिन लकडाउन गर्ने हमला चलाएर जनतालाई त्रसित बनाएका हुन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे छलफल गरेर १५ दिन लकडाउन गर्ने भएका छन् । अधिकांश मेयरले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् भने ले लकडाउनको औचित्य नभएको तर्फ गरेका छन्। सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाली सेनाका प्रतिनिधि उपस्थित हालैको छलफलले लकडाउन गर्न सुझाएका छन् ।मेयरहरुको सुझावमा समर्थन जनाउँदै गृहमन्त्री थापाले पनि उपत्यकामा संक्रमण दर बढ्दै जानु चिन्ताजनक भएकाले तिहारपछिको अवस्था हेरेर कुनै निर्णय गर्नुपर्ने बताएका छन् ।

विगतमा लामो लकडाउनका कारण आर्थिक स्थिति पनि कमजोर हुन थालेपछि वातावरण सहज बनाइए पनि लगत्तै भएको बजार भीडभाड, नारा, जुलुस जस्ता गतिविधिले संक्रमण दर बढाएको थापाको भनाइ थियो । छलफलमा सहभागी एक अधिकारीका अनुसार मोबिलिटी कम गर्ने अथवा अन्य कुनै विकल्पबारे सोचेर छलफल र निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने गृहमन्त्रीको भनाई थियो ।केही मेयरहरुले सरकारले कोरोना संक्रमितको उपचारमा हात उठाएको भन्दै छलफलमा गुनासो गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले भने सरकारले मोडलिटी परिवर्तन गर्दा बाहिर गलत प्रचार भएको हो भनेका छन्।

‘कोरोना महामारीमा अबाञ्छित ढंगले राजनीति पनि घुसाउने काम भयो, त्यसकारण हुँदै नभएको कुरालाई मिस इन्टरप्रिएट भए’, पोखरेलले भने, ‘अब ती सबै कुरालाई परास्त गरेर तिनै तहको संरचनाको सहकार्यलाई अझ मजबुत बनाउँदै महामारीको व्यवस्थापनलाई बलियो बनाउनुपर्छ ।’छलफलमा स्वास्थ्यमन्त्री ढकालले भने महामारी समाधान गर्न सबैको एकताबद्ध र साझा प्रयत्न आवश्यक भएको बताएका थिए । कतिपयले कोरोनासँग राजनीतिक ककटेल मिसाउने कोशिश गरेको पनि पोखरेलको आरोप थियो । तिहार लगत्तै १५ दिने कडा लकडाउनको हल्ला बजारमा फैलिएसँगै जनताहरु त्रसित छन् ।

newskiran.com

newskiran.com

You May Also Like