२५असार२०७५- त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ । स्थानीयबासी उपेन्द्र मिश्रका अनुसार २१ मेगावाट क्षमता भएको जलविद्युत् केन्द्रमा आगलागी भएपछि जिल्लाभरको विद्युत् सेवा अवरुद्ध भएको छ ।मंगलबार ब्रेकर पड्केर आगो लागेपछि स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ। तर अवस्था गम्भीर एवम् नियन्त्रण बाहिर रहेको बताइएको छ । दमकल लैजान अप्ठ्यारो भएपछि आगोलाई ग्याँस प्रयोग गरेर निभाउने कोशिश भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बसन्त कुवँरले दिए। गत वर्ष पनि उक्त जलविद्युत् आयोजनामा मुसाले तार काटेपछि आगलागी भएको थियो।