अझै तिनदिन सम्म हल्का वर्षा हुने

२५आषाढ २०७५-मौसम विज्ञान बिभागका अनुसार अझै
तीन दिनसम्म बर्षा हुने छ । आज भोलि र पर्सी मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको बर्षा हुने अनुमान रहेको छ । असार २६ गते देशभरिको मौसम बदली भई पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ भने साँझ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । त्यस्तै, असार २७ र २८ गते पनि मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । मनसुनी वर्षा अझै मुलुकभर प्रभावकारी हुन नसकेको र यस वर्षाले तत्काल ठूला नदीमा बाढीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बताएको छ ।

newskiran.com

newskiran.com

You May Also Like