अन्ना क्यासिनो (दरबार मार्ग) विरुद्ध मजदुर कर्मचारीले गरे सर्वोच्चमा रिट


२७ कार्तिक २०७७ काठमाडौं । विगत सात वर्षदेखि रोजगारी गुमाएका क्यासिनो अन्ना (दरबार मार्ग)का पीडित मजदुर कर्मचारीहरुले पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । विहीबार सर्वोच्च अदालतमा न्यायको माग गर्दै मजदुर कर्मचारीहरुले रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत विपक्षी बनाइएको मुद्दा: उत्प्रेषण समेत छलफलका लागि कार्तिक २८ गते शुक्रबार १० बजे हाजिर हुन भनिएको छ । मजदुर र कर्मचारीहरुको पक्षमा निवेदक अजित कुमार कार्की र अर्जुनलाल श्रेष्ठले कार्तिक २७ गते अदालती मुद्दा दर्ता गराएका हुन् ।
यस्तो छ मुद्दा:

newskiran.com

newskiran.com

You May Also Like