जानेहरुलाई यो कविता

जानेहरुलाई यो एक कविता !

-बुद्धिसागर

जानु छ भने जाऊ लैजाऊ,
तिमीले र मैले दुई फेरो तानेर,
तन्काएको इन्द्रेनी लैजाउ,
तिमीले र मैले बतास भरेर,
आकासमा पठाएको बादल लैजाऊ,
तिमीले र मैले माया पोतेर,
टाँगेको आकास लैजाऊ,
चोर औला समाएर डोर्याउँदै डोर्याउँदै,
नानीजस्तो पृथ्वी लैजाऊ,
तिम्रो केश फिँजारिएजस्तो,
सुगन्ध आउने यो बतास लैजाऊ,
तिम्रा चुरा छन्छनाएजस्तो,
सुस्तसुस्त बज्ने यो संगीत लैजाऊ,
तिम्रा आँखा र ओठको प्रसंसामा, लेखिएका यी गीतका पंक्तिहरु,
म त यतै हुनेछु झरी पर्नेछ,
बलेसी हुनेछु हुरी चल्नेछ,
सुकेको पात हुनेछु खडेरी पर्नेछ, चिराचिरा खेत हुनेछु डढेलो लाग्नेछ, सालको ठुटो हुनेछु हो म त यतै हुनेछु । मसँग यिनै घोडेटा हुनेछन् गन्ध उही हुनेछ मसँग यिनै गल्लीहरु हुनेछन्,
भीड उही हुनेछ मसँग यिनै,
मान्छेहरु हुनेछन् आवाज उही हुनेछ। उही आँसु हुनेछन् उही सुस्केराहरु, हुनेछन् कहिलेकाही भने खुशीहरु,
पनि त हुनेछन् तिमीलाई दिएँ मैले, फर्फराइरहने इन्द्रेनी आकार बदलीरहने, बादल, ओत दिइरहने आकास, र,
तिम्रो मनजस्तै फनफनी घुमिरहने पृथ्वी,
जानु छ भने जाऊ हिँड्न गाह्रो हुन भने,
मेरा गोडाहरु लैजाऊ हेर्न गाह्रो हुन्छ भने,
मेरा आँखाहरु लैजाऊ अझ चाहिन्छ भने, मेरा हातहरु लैजाऊ मेरा ढुकढुकीहरु लैजाऊ ।
गएपछि तिमीले रच्नुपर्नेछ अर्को इन्द्रेनी, अर्को आकाश र अर्को पृथ्वी ।

newskiran.com

newskiran.com

You May Also Like