नेकपाको बैठ्क धुम्बाराहीमा सुरु,को को छन् त सहभागी


२५ कार्तिक २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठ्क पार्टी कार्यालय धुम्बराहीमा शुरु भएको छ । पार्टीका अध्यक्षद्वय मध्ये अध्यक्ष पुष्पकमल दाहालले बैठ्क बोलाएका हुन् ।अध्यक्ष दाहाल,वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहितको उपस्थितमा बैठ्क सुरु भएको हो ।दाहाल प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । दाहाल बालुवाटारबाट सीधै धुम्बाराही फर्किएका थिए ।

तर, गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल भने बैठ्कमा सहभागी नभएको अध्यक्ष दाहालका सचिवालय स्रोतल जानकारी दिएका छन् । यस्तै, अध्यक्ष ओली, ईश्वर पोखरेल, र विष्णु पौडेल पनि बैठ्कमा अनुपस्थित थिए ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिका लागि दिएको समय सकिएपछि थप रणनीति तय गर्न अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूहको सचिवालय बैठ्क बसेको हो ।
यसअघि ओलीले दाहाललाई सचिवालयको औपचारिक बैठ्क डाके पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएका थिए । प्रधामन्त्रीको चेतावनी आएपछि धुम्बाराहीमा दाहाल–नेपाल समूहको अनौपचारिक सचिवालय बैठ्क बसेको थियो ।
त्यसको भोलिपल्ट शनिबार दाहाल–नेपाल समूहले बालुवाटार पुगेर ओलीलाई बैठ्कका लागि सहमत हुन अनुरोध गर्दै सोमबारसम्मको समयसीमा तोकेर लिखित पत्र बुझाएको थियो। तर केन्द्रीय सचिवालय बैठ्कको मिति नतोक्ने अडान लिंदै आएका प्रधानमन्त्री ओलीले कुनै सहमतिको संकेत नदेखाएपछि मंगलबार सचिवालय वैठ्क धुम्बराहीमा बसेको हो ।

newskiran.com

newskiran.com

You May Also Like