एस इइ पढेका विद्यार्थीले अब साइन्स पढ्नै पर्ने…..

२४साउन२०७५(न्युजकिरण संवाददाता)-ललितपुर सिद्धिपुर स्थित कोपिला स्कुलका प्रिन्सीपल रत्न महर्जनले एस इइ पढेका विद्यार्थीहरुलाई तपाईं साइन्स पढ्नुस् म रोजगार दिन्छु भनेका छन्।आफ्ना स्कुलका एस इइ उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिने क्रममा उनले सो कुरा भनेका हुन्।नेपालमा अहिले न अभिभावक पढाउन जान्दछन् न विद्यार्थी आफ्ना भविष्यमा काम लाग्ने विषय छानेर पढ्छन्।त्यही भएर पनि आफ्ना नानीबाबुहरु पढेर पनि बेरोजगार बन्नु परेको अनि बिदेशतिर भाग्नुपरेको छ।अभिभावक सधैँ आफ्ना सन्ततिको भविष्यबारे सोच्दै अन्योलमा रहनु परेको छ ।आफ्नो स्कुलकै छात्रा सोनु अहिले साइन्स पढेर ट्युशन पढाउँदै बाउआमा मज्जाले पाल्न सकिरहेको बताउँदै उनले सम्पूर्ण विद्यार्थीलाई साइन्स नै पढ्न आग्रह गरे।सजिलो र चर्चा नै चाहिने भए साहित्य संगीत जस्ता विषय पढे भइहाल्यो तर यसले क्षणिक रमझमबाहेक भविष्य सेक्युर गर्दैन्। काभ्रेको भिलेज रिसोर्टमा भएको सो कार्यक्रमका सभापति अनु महर्जन थिए भने स्वागत मन्तव्यवक्ता जनसंख्या विषय शिक्षक उज्जवल शाही तथा कार्यक्रम संचालन मौसम खरेलले गरेका थिए।अन्य विषय शिक्षक तथा विद्यार्थीहरुले सो कार्यक्रममा बेलाबेला ताली पिट्दै कार्यक्रमलाई हौसल्ला दिइरहेका थिए।

newskiran.com

newskiran.com

You May Also Like