शंखपार्क फुर्सदिलाका लागि घाम ताप्ने स्थल बन्दै


२५ कार्तिक २०७७ काठमाडौं । सरकारले बेरोजगार समस्या समाधान गर्न नसक्दा अधिकांश बेरोजगार युवायुवतीहरु घाम तापेर समय काट्न बाध्य बनेका छन् । लकडाउन र निषेधाज्ञाले कतिपय जागिर भएकाहरुका जागिर छुटेपछि उनीहरू समेत बेरोजगार भएर घाम ताप्न बाध्य बनेका हुन्।घरैघरले राजधानी खाल्डो भरिन थालेपछि समय कटाउन अधिकांश मानिसहरू पार्क र आरामदायी स्थानको अभाव झेल्न बाध्य छन् । यो दृश्य शंखमुल स्थित शंखपार्कको हो । आजभोलि फुर्सदिला युवायुवतीहरु यस्ता पार्कहरुमा घुमफिर गर्न मन पराउँछन् । चलचित्रका सुटिङसमेत हुने यस स्थलमा साँझ पख भने सुरक्षा कर्मीले कडा गर्ने गरेको छ । अश्लिल क्रियाकलाप र झैझगडा नहोस् भनेर सुरक्षा कर्मीले साँझताका निगरानी बढाएको हो । सलल बग्ने बागमतीको मनोरम दृश्य सहित आरामदायी वातावरणमा युवायुवतीहरुले तस्बीर खिच्ने र आराम गरेर फुर्सदिला समय कटाउन शंखपार्क जाने गरेका छन् ।जाडो महिनामा घाम ताप्दै मिठामिठा कुराकानी गर्नका लागि संगम स्थल बन्दै गरेको गाइ गोठाले भाइले न्युजकिरण डटकम अनलाइन खबरलाई बताए ।






newskiran.com

newskiran.com

You May Also Like