सरकारले कोरोनाको निःशुल्क उपचार र परीक्षण गर्ने

२५ कार्तिक २०७७ काठमाडौं ।सरकारले सर्वोच्चको आदेश, चौतर्फी जनदवाव पछि कोरोना लक्षण देखिएका बिरामीको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले यस अघि सरकारको निर्णय बिरुद्ध उपचार र परीक्षण निशुल्क गर्न आदेश दिएको थियो भने संसदीय समितिले पनि उपचार र परीक्षण निशुल्क गर्न निर्देशन दिएको थियो ।तर सरकारले मानेको थिएन्। सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठ्कबाट भने उपचार र परीक्षण निःशुल्क गर्ने निर्णय गरेको हो ।
यस अघि सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी कोरोनाको उपचार र परीक्षण शुल्क आफैले व्यहोर्नु पर्ने निर्णय गरे पछि स्वास्थ्य मन्त्री समेत विवादमा तानिएका थिए ।
कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा सहयोगका लागि कोभिड कोषमा मन्त्रीपरिषद्का सबै सदस्यहरुको चैत्र सम्मको आधा पारीश्रमिक जम्मा गर्ने पनि निर्णय भएको छ ।

newskiran.com

newskiran.com

You May Also Like